ताजा समाचार

आजको राशिफल 

मेष – आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ ।यात्रामा सफलता प्राप्त होला । यश ख्याति फैलिनेछ ।

बृष – आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक रआर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ ।

मिथुन – यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ ।

कर्कट – आयस्रोत बढ्नाले आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह – शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । कर्ममा रुचि बढ्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – समस्याको समाधान मिल्नेछ । शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । भ्रमण बढ्नेछ । विबाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ ।

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । स्वास्थ्यमा सुधार होला । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि होला ।

धनु – सुख सफलता बढ्नेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकिय काम गर्नु बेस रहला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ ।

मीन – आर्थिक पक्ष बलियो बन्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *