ताजा समाचार

अवैद्य कामदारका रुपमा नेपाल आए आठ चिनिया नागरिक पक्राउ

काठमाडौं । गोरखामा काम गर्न आएका आठ जना चिनियाँ कामदारलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याइएको छ । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो ।

नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो । आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएर उनीहरुलाई काठमाडौ ल्याइएको हो । पक्राउ पर्नेहरुमा लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुन रहेका छन् ।

उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ । विना कागाजात काम गर्न आएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि उनीहरुले आधिकारिक कागजपत्र बिना काम गरेको भन्ने जानकारी आएको थियो । धेरै जना यसरी काम गर्न नेपाल आएको जानकारी पाएको प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *