ताजा समाचार

कोरोना भाइरसः उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । कोरोना भाइरस कोभिड–१९० को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिएका छन । उनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उनी अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन अपिल गर्दै नआत्तिन र उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *