ताजा समाचार

राईलाई राष्ट्रिय विभूति घोषणाको पहल

काठमाडौंं । विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै आएकामा रार्ईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले निरङ्कुश राणा शासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राई भोजपुरका अग्रणी क्रान्ति योद्धा थिए । पूर्वमन्त्री प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिनुपर्ने बताए । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धिमा रामप्रसाद राईको सपना गाँसिएकाले सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुको विकल्प नरहेको जनाए ।
कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *