काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले बिहान ९ बजेदखि साढे ९ बजेसम्म देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको महामन्त्री युबराज पन्डेयले जानकारी दिए।

नेविसंघले बिहान ९ बजेदेखि आधा घण्टा देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ। महामन्त्री पान्डेयअनुसार उपत्यकाका त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकी, केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ।




