ताजा समाचार

सचिवालय बैठक अघि प्रचण्ड गौतम गोप्य भेटघाट

काठमाडौं । बुधबारदेखि बस्न नसकेको सचिवालय बैठक आइतबार विाहन १२ बजे बस्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गौतम आइतबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेका थिए । प्रचण्ड र गौतमबीच त्यहाँ दुई घण्टा छलफल भएको थियो । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा गौतमलाई पठाउने नेकपा सचिवालयले निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गरेपछि उत्पन्न अवस्थाका विषयमा छलफल गर्न गौतम प्रचण्डनिवास पुगेको स्रोतले जनाएको छ ।

यसअघि गत साता नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभामा पठाउने सिफारिस गरेपनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा पठाउन नसक्ने र अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए । नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय वैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन् । आज बस्ने बैठकमा उक्त विषयमा पनि छलफल हुने छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रधी केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा नलैजाने बताएपछि नेकपाभित्र विवाद उत्पन्न भएको थियो । सो विवादपछि शुक्रबार विहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा ओली इतर समूहको बैठकमा युवराज खतिवडालाई मन्त्रीमा पुर्ननियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभामा लैजानेगरी सहमती जुटाउने निर्णय भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *