ताजा समाचार

कोरोना भाइरसका कारण अमेरीकामा एक व्यत्तिको मृत्यु

काठमाडौं । अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा व्यत्तिको मृत्यु भएको यो पहिलो घटना हो ।

अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् । यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरेका छन् । अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी यस भाइरसका संक्रमित फेला परेका छन् भने ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *