ताजा समाचार

सरकार विरुद्ध नेविसंघले फागुन १८ गते देशभरका क्याम्पस अगाडी प्रदर्शन गर्ने

काठमाडौं।नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बृद्धि गरेको कर तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ । इन्धनमा कर बढाइदा दैनिक उपभोग्य बस्तुको मूल्य बढ्ने भन्दै नेविसंघले आपत्ति जनाएको हो । संघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तीमा संसदलाई छलेर सरकारले पेट्रोलिय पदार्थमा कर लागउनु जनविरोधी कार्य भएको उल्लेख छ । संसद चलेको बेला संसद छलेर चोरबाटोबाट कर बढाउनु संसदीय पद्धति माथिको खेलबाडका रुपमा नेविसंघले लिएको छ ।

काण्डै काण्डमा फसेको सरकार इन्धनमा कर बृद्धि, पुस्तकमा लगाएको १० प्रतिशत आयत कर,स्ववियु निर्वाचनको माग,ललिता निवास जग्गा प्रकरणमा र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद जस्ता अनगिन्ती काण्डमा फसेको नेविसंघको आरोप छ ।
स्ववियु निर्वाचनको माग,जनताको ढाड सेक्ने गरी भएको मुल्य वृद्धि र भ्रष्टाचारमा र्निलिप्त सरकारका विरुद्ध नेविसंघले फागुन १८ गते ९ बजेदेखि ९ः३० सम्म आधाघण्टा देशभरका क्याम्पस अगाडी प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *