ताजा समाचार

यति समूहका अध्यक्ष आङछिरिङ शेर्पाका कान्छा छोरा जेल चलान

काठमाडौं । खैरो हेरोइनसहित पक्राउ यति समुहका मालिक नवाङ पासाङ शेर्पा पुर्पक्षका लागी जेल चलान भएका छन् । शेर्पासहित अन्य चार जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। शेर्पा यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। उनि यसअघि नक्कली पाइलटको लाइसेन्स लिएको भन्दै सिआईबीको फन्दामा परेका थिए ।

शेर्पासहित चार जनालाई नेपाल प्रहरी गत माघ १८ गते प्रक्राउ गरेपनि घटनालाई गोप्य राखिएको थियो । काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले नवाङसहित चारै जना जेल चलान भएको जानकारी दिएका छन् ।व्यापारिक घराना यतिग्रुपका सदस्य एक महिनादेखि प्रहरी हिरासतमा काठमाडौं । सरकार र सदनमा यति होल्डिङसले भाडामा लिएको सरकारी जग्गाको विषयले चर्चा पाइरहेका बेला सोही समूहका व्यक्ति प्रहरी हिरासतमा भएको खबर एक महिनादेखि गुमनाम रहेको छ ।

व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा एक महिनादेखि प्रहरी हिरासतमा थिए । उनलाई महानगरीय प्रहरी स्वयम्भू वृत्तले पक्राउ गरेको भएपनि अहिलेसम्म यसलाई सार्वजनिक गरेको थिएन । लागुऔषधसहित पक्राउ परेका उनलाई बुधबार मात्रै जिल्ला आदालतमा थुनछेकका लागि पठाएपछि सार्वजनि भएको हो । गत माघ १८ गते काठमाडौंको स्वम्भूबाट पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा बुधबार भएको बयान गरिएको थियो । जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा तीनजनाको बयान बुधबार सकिएको थियो । शेर्पाको बयान सकिएपछि विहिबार उनलाई थुनछेक आदेश अनुसार जेल चलान गरिएको हो ।

गत माघ १८ गते काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङका छोरा नवाङ पासाङ शेर्पासहित चारजनालाई स्वयम्भू प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो ।पक्राउ पर्नेहरुमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको प्रहरीले जनाएको छ । आङछिरिङका छोरा पक्राउ परेको घटनालाई भने प्रहरीले गोप्य राख्न खोजेको थियो । उनी यसअघि हातहतियारसहित पक्राउ परेको भएपनि महाराजगन्ज प्रहरीले बाबुलाई बोलाएर जिम्मा लगाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *