ताजा समाचार

राष्ट्रपतिको अधिकार बढाउने बहस कताबाट आयो ?

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रपतिलाई थप अधिकार दिने विषयमा बहस छलफल गर्न थालेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकै निकटवर्तीहरुले राष्ट्रपतिको अधिकार बढाउने र राष्ट्रपतिलाई बलियो बनाउने विषयमा छलफल गर्न थालेका हुन । त्यसका लागि सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा बेलाबेला ‘हस्तक्षेप’ समेत गर्न सहज हो भन्ने हेतुले यस्तो बहस सतहमा ल्याउन थालिएको हो ।

पार्टी बैठक बस्दै गर्दा प्रभावशाली नेताहरुलाई आफ्नै निवासमा बोलाई दिवा भोज दिने देखि पार्टीका अध्यक्षद्वयको कार्यविभाजन अगाडी सँगै राखेर गर्ने छलफल सम्मले राष्ट्रपति सक्रिय हुन थालेको यदकता सुनिएपनि अधिकारका हिसावले राष्ट्रपति कमजोर नै छन् । संविधान संसोधन अहिले आवश्यकता छ भएपनि कतिपय अवस्थामा निश्चित समयसिमाका लागि केही अधिकार आफुमा निहित गर्न अथवा भनौं प्रधानमन्त्रीको अधिकार आफुमा सार्नका लागि संविधानको हल्ला गरिएको बताइएको छ । त्यसका लागि संकटकालिन अधिकारको घोषणा गरेर अधिकार आफुमा अन्र्तनिहित गराउने लालसा राष्ट्रपति विद्यादेवी भण्डारीमा पुर्याउन लागिएको स्रोतको दावी छ ।

राजनीतिक विश्लेषक सौरभले केही महिना पहिले प्रधानमन्त्री ओली पछिको सरकारको बागडोरको कार्यकारी अधिकारको हकदार राष्ट्रपति विद्यादेवी भण्डारी बन्ने भविश्यवाणी नै समेत गरेका थिए । उनले ओली पछिको उत्तराधिकारी राष्ट्रपति विद्या भण्डारी हुने र त्यस्तो उत्तराधिकारी प्रधानमन्त्री या राष्ट्रपति जे का रुपमा भएपनि अधिकार लिएर हुने टिप्पणी एक सञ्चारमाध्यममा गरेका थिए । तर उनी अहिले त्यस्तो हस्तक्षेपकारी भूमिका छैनन तर मानिसहरुले शंकाको लाभ भने लिइरहेका छन् । त्यसवाहेक पनि नागरिकता, राष्ट्रिय सभाकै सदस्य संख्या बढाउने र राष्ट्रपतिलाई संकटकालको अधिकार सम्म दिने गरी चार ओटा विषयमा संविधान संसोधनको छलफल नेकपाभित्र उठेको छ । त्यसो गर्दा संविधान संसोधनका लागि दुई तिहाई बहुमत पुर्याउन मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा)को पनि साथ मिल्ने बताइएको छ । तर यसले मूर्त रुप लिने अवस्था भने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *