ताजा समाचार

दिल्लीमा दुई दिनदेखि भड्किएको हिंसामा कम्तीमा ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा दुई दिनदेखि भड्किएको हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ। उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा प्रदर्शन र हिंसा सुरु भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक प्रहरी र आठ सर्वसाधारणको मृत्यु भएको हो।

दिल्लीका विभिन्न ठाउँमा नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा निकालिएको थियो । आइतबारदेखि भड्किएको हिंसामा करिब एक सय ५० मानिस घाइते भएका छन्। प्रदर्शनकारी लाठी र ढुंगा बोेकेर सडकमा निस्कन थालेपछि हिंसाले साम्प्रदायिक स्वरूप लिएको हो। प्रर्दशनकारीले पसल र घरहरू जलाएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो।

यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिका लागि सबैसँग अपिल गरेका छन्। गृहमन्त्री शाहले सोमबार राति सुरक्षा उच्च अधिकारीसँग छलफल गरेका छन्। हिंसा भड्किन नदिन गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ। यस्तै, दिल्लीको छिमेकी राज्य उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ।  नागरिकता संशोधन ऐन ९सिएए० पारित भएयता यसको विरोधमा भारतका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। तीमध्ये कतिपय ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए। यसअघि ऐनको विरोधमा दिल्लीको प्रदर्शन शान्तिपूर्ण थियो। एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *