काठमाडौं । गत साउनमा एक महिला प्रहरी हवल्दारलाई बलात्कार गरेको आरोप लागेपछि नेपाल प्रहरीका सहायक निरीक्षक (असई) राजिन्द्र राईपक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईलाई प्रहरीले पक्राउ गरेको हो ।
महिला सहकर्मी बलात्कार अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनी पूर्व उद्योगमन्त्री अनिल झाको निजी सुरक्षागार्ड नीजि सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
‘बलात्कार अभियोगमा प्रहरी सहायक निरीक्षकलाई हामीले पक्राउ गरेका छौं’ परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने । अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताएका छन् । ती महिला हवल्दारले कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी छिन् । उनले अाफूलाई काठमाडौंको रानीबारीमा राजिन्द्रले गत साउनमा बलात्कार गरेको जाहेरी दिएकी छिन् । गत साउनको विषय भएकाले थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।




