काठमाडौं । चीनबाट ल्याएको सुन प्रहरी नीरिक्षकले लुकाएको आरोपमा छानवीन शूरु भएको छ । ईलाका प्रहरी कार्यालय टिमुरे रसुवाका इन्सपेक्टर खेम नेपाल छानविनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले उनीमाथि छानविन गरिरहेको छ ।
रसुवाको केरुङबाट भित्रिएको तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीमाथि छानविन गरिएको हो । प्रहरी स्रोतका अनुसार इन्सपेक्टर नेपालले सोही ईलाकाका अन्य केही प्रहरीसँग मिलेर आधा किलो तस्करीको सुन गायब गरेका थिए । वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको छानविन समितिले सो घटनाबारे प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
उनले प्रतिवेदन बुझाएपछि प्रहरी प्रधानकार्यालय थप अनुसन्धान शुरु गरेको हो ‘प्रदेशले बुझाएको छानविन प्रतिवेदनमा टेकेर अनुसन्धान भईरहेको छ’ आन्तरिक छानविन भईरहेको छ, छानविन सकिएपछि यथार्थ सार्वजनिक गर्छौं ,’ प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । उनीमाथि एक महिना अघिबाट छानवीन शुरु भएको थियो । एसएसपी दाहालले नै अनुसन्धान गरेका थिए।




