ताजा समाचार

सञ्चारमन्त्रीको जागिर खाइदिने मिश्र विरुद्ध साइबर क्राइमको उजुरी

 काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विचौलिया विजयप्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ ।

मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिका सदस्य सांसदहरुले आइतबार प्रहरी प्रधान कार्यालय मार्फत साइबर क्राइम व्यूरोमा उजुरी दर्ता गराएका हुन् । समितिका सचिव डा.रोजनाथ पाण्डेले आइतबार सो उजुरी दर्ता गरेका थिए ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । सोही आरोपका आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो । लेखा समितिका सभापति र सदस्यहरुलाई उनले घुस खान खोजेको आरोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *