ताजा समाचार

खुर्कोटमा गाडीको ठक्करबाट एककाे मृत्यु, वीपी राजमार्ग अवरुद्ध  

सिन्धुली।वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।
गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हँदै काठमाडाैँ र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *