ताजा समाचार

वामदेवका लागि संविधान संशोधनको तयारी !

काठमाडौं । आजका सबै पत्रपत्रिकामा प्रधानमन्त्रीको बर्थडे केक कै चर्चा छ भने गोकुल बास्कोटाको अडियो छानबिनका लागि अख्तियारले देखाएको अग्रसरता, सेक्युरिटी प्रेस खरिदमा विमल पौडेलले खेलेको भूमिकालगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा परिचर्चा गरेका छन् ।

नेकपामा कार्यदल विवाद रहेको समाचार अन्नपूर्ण पोस्ट्ले छापेको छ । त्यस्तै चिनियाँका कारण प्रभावित भएका निर्माण कार्यबारे पनि अन्नपूर्णले आज समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले नेकपा नेता वामदेव गौतमका लागि संविधान संशोधनको तयारी गरिएको खबर लेखेको छ । त्यस्तै गोकुल बास्कोटाको कमिसन डिलिङसम्बन्धी अडियो छानबिनमा अख्तियारले देखाएको अग्रसरताबारे पनि कान्तिपुरले समाचार बनाएको छ ।

नागरिक दैनिकमा भने जीटूजी र नीतिगत निर्णय भ्रष्टाचारका मुख्य दुई माध्यम रहेको ठहर नागरिकले गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारलाई छानबिन अधिकार नभएकाले अनियमितता गर्न नीतिगत निर्णयलाई सहारा बनाउन थालिएको समाचारमा उल्लेख छ । राजधानी दैनिकले ललिता निवास प्रकरणमा थप ५४ जनालाई मुद्धा दर्ता गरेको समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *