आज काठमाडौंबाट प्रकाशित मुख्य मुख्य राष्ट्रिय दैनिक पत्रिकमा फरक फरक समाचारले स्थान पाएका छन् । एमआरपीको खरिद, वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री, कोरियामा कोरोनालगायत समाचारहरु पनि प्रकाशित छन् ।
‘बास्कोटामाथि छानबिनबारे मतभेद’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, राजीनामा दिएर बाटो खुला भइसकेकाले संसद, सीआईबी र अख्तियारले बास्कोटामाथि छानबिन गरून् भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीको छ । तर प्रचण्डको मत अलि फरक छ ।
नागरिक दैनिकले सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको नागरिक दैनिकमा समाचार छ । त्यस्तै नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको समाचार पनि नागरिक दैनिकमा छ । सचिवालय सदस्यमध्ये गौतममात्रै सांसद छैनन् । बैठकमा नेताहरुले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गरेका थिए ।
उता अन्नपुर्ण पोस्ट्ले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता परिमार्जन गर्न लचिलो बनेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिएका हुन् ।




