ताजा समाचार

परिवर्तनको नेतृत्व काँग्रेसबाटः उपसभापति निधि

सर्लाही । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन्।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा शनिबार पार्टीले आयोजना गरेका सभामा उनले विसं २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे । उनले भने, “सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ ।”

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औँल्याए । “आगामी दिनमा काँग्रेसले बहुमत ल्याएमा मधेशी जनतको हितमा संविधान संशोधन गर्ने छाँै”, उपसभाति निधिले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *