ताजा समाचार

प्रधानमन्त्री ओलीले समृद्धि भइरहेको दाबी गरेर आफ्नै गुणगान गाइरहँदा नेकपाका मान्छेले नै मुखामुख गर्नथाले : पूर्वप्रधानमन्त्री भट्टराई   

पर्वत।समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए।तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गरे ।

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *