काठमाडौं । पाशुपात क्षेत्रमा मादक पदार्थ तथा गाँजा खाएर हुलदंगा गर्ने असी जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महागरीय प्रहरी परिसर काठमाडौको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गौशला वृत्त, वानेश्वर र बौद्धमा राखेको छ ।
शिवरात्री पर्वलाई मर्यादित धार्मिक संस्कार अनुसार मनाउन आग्रह गर्दै आएको प्रहरीले हुलदंगा गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई अभद्र व्यवहार अन्र्तगत मुद्धा चलाइनेछ । ‘केहीले मादक पदार्थ सेवन गरेका छन् केहीले गाँजा जस्तो पदार्थ सेवन गरेको देखिन्छ उनीहरु पेशेवर गजँडी नभएकाले सामान्य अवस्था भए छाडिने नत्र अभद्र व्यवहार अन्र्तगत मुद्धा चलाईने छ,’ बोगटीले भने ।




