धर्म/सस्कृति

शिवरात्रीमा सभापति देउवाकाे शुभकामना, ‘चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्छ’

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्रि’ का अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना दिएका छन् । उनले विज्ञप्तिमार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएका चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सभापति देउवाले उल्लेख गरेका छन्। नेपाली जनताको दशकौँदेखिको त्याग र बलिदानस्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *