ताजा समाचार

दुई अध्यक्षद्वारा अडियो प्रकरणबारे गोकुल बास्कोटासँग स्पष्टिकरण मागिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज विहान भेटघाट भएको छ । गोकुल वास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भेटघाट भएको हो । भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको वालुवाटार निकट स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *