ताजा समाचार

‘अप्ठेरोमा मुख्यमन्त्री पौडेल’

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा देखिएको विवादले प्राथमिकता पाएका छन् । त्यस्तै कोरोनाभाइरससम्बन्धी समाचार, चिनियाँ दूतावासको टिप्पणी लगायतबारे पनि समाचारहरु प्रकाशित छन् ।

‘काखबाटै खोसेर विदेश’ शीर्षकमा अन्नपूर्णले धर्म सन्तानका नाममा भइरहेको बालबालिका तस्करीबारे चिरफार गरेको छ । अभिभावकत्व गुमाएका बालबालिकाको रेखदेख गर्ने जिम्मा बाल संगठन नेपाल, नक्सालले लिँदै आएको छ । तर बाबुआमा भएका बालबालिकालाई समेत बाल मन्दिरको संलग्नतामा काखबाटै खोसेर विदेश पठाउने काम भएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकमा ‘अप्ठेरोमा पौडेल’ शीर्षकमा समाचार छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुँयाललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन ।
त्यस्तै चिनियाँ राजदुतको विज्ञप्तीबारे नेपाली सम्पादकले आपत्ति प्रकट गरेको खबर पनि कान्तिपुरmले पशिलो पृष्ठमा छापेको छ ।

जनआन्दोलन कि जनयुद्ध भन्ने विषयमा नेकपामा विवाद देखिएको नागरिक दैनिकमा समाचार छ । नेपाल तत्कालीन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । पार्टी एकतापछि फागुन १ मा जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । पूर्व एमाले खेमाका नेताले हिंसात्मक आन्दोलन अस्वीकार गरिरहेका बेला पार्टीले फागुन १ लाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर मध्यमार्ग अपनाएको भए पनि रुकुम लगायत पूर्वमाओवादी प्रभावित क्षेत्रमा केन्द्रको निर्णय उल्लंघन भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *