ताजा समाचार

एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल

प्युठान । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को यथार्थता र आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपाल सरकार र मिलिनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच सम्झौता भए अमेरिकी फौजी रणनीति नेपालको सन्दर्भमा अमान्य हुने बताए ।

“मुलुकको विकासका लागि पचास करोड अमेरिकी डलर आइरहेको बेला कार्यान्वयन प्रक्रियामा झमेला गर्नुहुन्छ भन्ने तर्कहरु पनि छ तर जतिसूकै धनराशि भए पनि राष्ट्रिय सम्मान तथा अस्मितामा आँच पुग्ने र हाम्रा आफ्ना स्वतन्त्र अस्तित्व, अन्तरराष्ट्रिसम्बन्धका सिद्धान्तको विपरीत हुँदाहुँदै पनि सरकारले एमसीसी स्वीकारे गलत हुन्छ”, उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *