काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको दुई वर्षे कार्यकालको समिक्षा गर्दै सरकार फेल भएको ठहर गरेको छ ।
नेपाली कांग्रेसले दुई वर्षे कार्यकाल पुरा गरेकोमा सरकारलाई बधाई दिदै नेकपाको घोषणापत्रको चिरफार गरेको छ । नेकपाको घोषणा पत्रमा आधारित भएर कांग्रेसले भनिएको के थियो, भयो के ? भन्दै भिडियो टिप्पणी गरेको छ । घोषणा पत्रमा नै बिर्सिएर अघि बढेको कांग्रेसको निश्कर्ष छ ।
तीन मिनेटको भिडियो टिप्पणीमा कांग्रेसले सरकारको आलोचना र टिप्पणी गर्ने जिम्मा भने जनतालाई दिएको छ । यस अघि कांग्रेसले सरकारको दुई वर्षे कार्यकालको आठ कोणबाट विष्लेषण गर्दे सरकार पूर्ण रुपमा असफल भएको निश्कर्ष निकालेको थियो ।




