काठमाडौँ। काठमाडौँमा टिप्परको ठक्करबाट फेरि एक जनाको ज्यान गएको छ। साेमबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा करबि ४० वर्षिय प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।
टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा गएराति नै ज्यान गएको हो। ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो।




