आज देशका प्रमुख राष्ट्रिय दैनिकमा पूर्व सभामुख कृष्णबहादुर महराको सफाइ, चीनबाट फर्किएका नेपालीमा काेराेना नदेखिएकाे, सीमा क्षेत्रमा भारतीय हस्तक्षेप लगायत शीर्षकमा समाचारहरु प्रकाशित छन् ।
अन्नपूर्णले ‘महरा निर्दोष’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । चीनबाट फर्किएका नेपालीबारे पनि एक समाचार छापेको छ । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
चीनबाट फर्किएका सबै नेपाली सकुशल रहेको खबर पनि अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा छापेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित र्याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ । यद्यपि, सबै सकुशल छन् । कोरोनाको लक्षण चीनबाट आएका कुनै पनि नेपालीमा देखिएको छैन ।
कान्तिपुरले ‘दिल्लीबाट उड्न इन्ट्री परमिट अनिवार्य’ शिर्षकमा समाचार लेेेखेकाे छ । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौँ फर्कन नपाउने’ नियम अनिवार्य गरेको कान्तिपुर दैनिकमा समाचार छ । भित्री पृष्ठमा निमोनिया गराउने नोबल कोरोनाभाइरसको त्रास रहेकै बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल समाचार महरालाई सफाई तुम्बाहाङफेलाई मन्त्री शिर्षकमा समाचा लेखेको छ भने संघीय सरकारले प्रजातन्त्र दिवस मनाउन परिपत्र गरेको खबर पनि छ ।
नागरिक दैनिकमा पनि महराकै प्रसंगले मुख्य प्राथमिकता पाएको छ भने भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको नागरिक दैनिकमा समाचार छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौँ मिटर सडक खनेको छ । भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधानको दोहन गरिरहेको छ ।




