ताजा समाचार

पूर्वमन्त्री बस्नेतले गरे विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमान्त्री मोहनबहादुर बस्नेतले विभिन्न क्षेत्रमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरेका छन्।सिन्धुपाल्चोकको अरनिको क्याम्पस र शारदा माविका विद्यार्थीहरुलाई नेता बस्नेतले सम्मान गरेका हुन । सम्मानित हुनेहरु खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गर्ने र मिस नेपालमा सहभागी विद्यार्थीहरु थिए ।
प्रजातन्त्र दिवसको अवसर पारेर अरनिको क्याम्पस र शारदा मावि बाह्रविसेले संयुक्त रुपमा आयोजना गरेको शुभकामना कार्यक्रमको संयोजन अरनिको क्याम्पस स्ववियुले गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री मोहनबहादुर बस्नेत, नेविसंघकी महामन्त्री मेहेश्वरी कुवर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, शिक्षक यमबहादुर बस्नेत, नेपाली कांग्रेसका बाह्रविसे नगर सभापति रेशम लामा,तरुण दलका युधीर पौडेल,स्ववियु सभापति हेमन्त श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *