एजेन्सी । इं ग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सानदार जित निकालेको छ। आर्सनलले घरेलु मैदानमा न्यु क्यासलमाथि ४–० गोल अन्तरको जित निकालेको हो।
आइतबार राति भएको खेलमा आर्सनलका लागि पिएरे इम्रिक औवामेयाङ, निकोलस पेपे, मेसुट ओजिल र एलेक्सान्द्रे लाकाजेटले गोल गरे। खेलकाे ५४औं मिनेटमा औवामेयाङले गोलको खाता खोलेका थिए। त्यसको ३ मिनेट पछाडि नै पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।
९०औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनलाई खेलमा ३–० को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए।
जितसँग आर्सनल २६ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ। पराजित न्यु क्यासल ३१ अंक जोडेर १३औं स्थानमा छ।




