ताजा समाचार

‘शालिन प्रतिपक्ष हुँदा पनि सरकारले केही गर्न सकेन’

आज संघीय राजधानीबत्राट प्रकाशित विभिन्न पत्रपत्रिकामा चीनको वुहानबाट गरिएको नेपालीको उद्धार गरी खरिपाटी क्वारेन्टाइनम राखेको खबरले सबैजासो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै निबर्तमान सभामुख महराको बयान सकिएको, ललिता निवास जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुलेको खबरले पनि स्थान पाएका छन् ।
शालिन प्रतिपक्ष हुँदा पनि सरकारले केही गर्न नसकेको जिकिर कांग्रेसले गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘तुइनबाटै गाडी’ शीर्षकमा कान्तिपुरले समाचार लेखेको छ । सरकारले देशलाई तुइनमुक्त घोषणा गरे पनि रुकुम पश्चिमको आठबीसकोट–४,मा स्थित ठूलीभेरी नदीमा भने अझै तुइन हटेको छैन ।
त्यस्तै बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको कान्तिपुर दैनिकमा समाचार छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो ।
सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित भएको नागरिकमा छ भने अन्नपूर्णले वुहानको पीडा खरिपाटी आएपछि नेपालीले भुलेको लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *