ताजा समाचार

स्वतन्त्रता सेनानी शाक्यको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । । सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत स्व बेखाजीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । काँग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै सभापति देउवाले कठिन परिस्थिति, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी सङ्गठन निर्माणमा उनले पु¥याएको योगदानको उच्च सम्मान व्यक्त गरेका छन् ।

स्वतन्त्रता सेनानी शाक्यको आइतबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको हो । स्व शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका सङ्घको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वजिल्ला सभापतिसमेत थिए। स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलनहरु तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।

यसैगरी सभापति देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य ज्ञानेन्द्रमान सिंह राउतको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

ब्रेन ट्युमर रोगबाट पीडित राउतको यही फागुन ३ गते भक्तपुरको बालकोटमा निधन भएको हो । स्व राउतले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । विसं २०१३ सालमा जन्मेका राउतले २०२९ सालमा नेविसङ्घमा प्रवेश गरेर राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । स्व राउतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती र तीन छोरी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *