गण्डकी प्रदेश

सरकार सङ्घीयताको सिद्धान्त विपरीत चल्याे : उपसभापति निधि

काठमाडाैं।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताएका हुन । दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्दा पनि कुनै प्रगति नभएकाे उपसभापति निधिकाे आराेप थियाे। पूर्वगृहमन्त्रीसमेत रहेका निधिले वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष दिनेश थापा मगरले नेपाली कांग्रेस देशकै समावेशी पार्टी भएता पनि तल्लो तह सम्म पुराउन प्रशिक्षण कार्यक्रम उपयोगी हुने विश्वास लिदै, नेकपाले पहिचानको नाराले नेपालका आदिवासी जनजाति झुक्याउने काम बाहेक केही नगरेको बताउदै नेपाली कांग्रेसले मात्र पहिचानको मुद्दा बोक्ने र स्थापित गर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *