ताजा समाचार

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

म्युनिख, जर्मनी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।

संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६ औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् ।

“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,” उनले जोड दिएर भने । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिए ।

रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । उनले त्यसका लागि लगानी गर्नुपर्ने बताए ।

विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे । महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उनको भनाई छ ।

रासस / सिन्ह्वा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *