खेलकुद

आईपीएलको उद्घाटन खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्स भिड्ने

काठमाडाैं । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) को उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ।

आईपीएलले निकालेको खेल तालिका अनुसार वान्खडे स्टेडियममा मार्च २९ मा पहिलो खेलमा घरेलु टोली मुम्बई र चेन्नई भिड्ने भएका हुन्।

आईपीएलको लिग चरणको अन्तिम खेल भने मे १७ मा हुनेछ। उक्त खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई भिड्ने छन्।
आईपीएलको यस सिजनको फाइनल मे २४ मा वान्खडेमा हुनेछ। लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन्। त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *