काठमाडौं । आइतबार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका नेपाली विद्यार्थी भक्तपुुरस्थित खरिपाटीमा क्वारेन्टाइन्का पुर्याइएको छ ।
१७५ जना नेपाली सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।
नेपाल सरकारले फिर्ता ल्याउने पहल गरेपछि १ सय ८५ जनाले निवेदन दिएका थिए । जसमा ६ जनालाई उच्चतापक्रम देखिएको भन्दै चिनियाँ अधिकारीहरूले विमानस्थलमै रोके । ४ जनाले उतै बस्ने निर्णय गरेपछि नेपाल फर्किनेको संख्या १ सय ७५ मात्र भएको हो।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।




तस्वीरःरासस




