काठमाडौं। आज बिहानैदेखि देशका अधिकांश स्थानमाआंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०४ गतेः
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०५ गतेः
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०६ गतेः
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।




