ताजा समाचार

‘प्रधानमन्त्री केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो?’

आजका पत्रिकाहरुले संसदमा सांसदहरुले राखेका प्रश्न र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफबारे मुख्य प्राथमिकता दिएर समाचार लेखेकाे छन् । साथै चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको र ज्वरो आएका कारण ६ जना नेपाली वुहान विमानस्थलमै रोकिएको समाचारलाई पनि आजका पत्रिकाहरुले समेटेका छन् ।
कान्तिपुरले महाकाली नदी वारी भारतले सडक खन्दै गरेको समाचार लेखेको छ । प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भारतले मिचेका नेपाली भूभाग फिर्ता ल्याउने तयारीमा रहेको बताउँदै गर्दा भारतले भने महाकाली वारी सडक खन्न थालेको छ । यसले महाकालीको बहावलाई समेत प्रभावित पारेर नेपाल तर्फ कटान गर्ने समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट्ले संसद्मा प्रधानमन्त्रीको सम्बोधनबारे मुख्य समाचार लेखेको छ । यो खबर सबै पत्रिकामा स्थान पाएका छन् । भने बल्ल उद्धार शिर्षकमा शनिबार चीनको वुहानबाट नेपालका लागि उडेका १७५ नेपालीबारे अर्को खबरलाई मुख्य बनाएको छ । त्यस्तै भित्री पेजमा ‘कसरी भयो प्रधानमन्त्रीको डोमेन दुरुपयोग ?’ शीर्षकमा अन्नपूर्णले समाचार लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपीशर्माओली टडकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ ।

नागरिक दैनिकले विद्यालयको जग्गा दुरूपयोगबारे समाचार लेखेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, च्युरीखेतीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणमा परेको हो ।

कारोबार दैनिकले प्रधानामन्त्री रोजगार कार्यक्रममा २ अर्ब निकासा गरेको समाचारलाई प्राथमिकता दिएको छ भने एमसीसीबारे प्रधानमन्त्री प्रतिबद्ध रहेको अर्को समाचार पनि छ । त्यस्तै संसद्मा भाषणको क्रममा दैनिक ६ किलोमिटर बाटो कालोपत्रे भएको दाबी प्रधानमन्त्रीले गरेको समाचार पनि छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *