काठमाडाैं । स्वयम्भूकाे भगवानपाउमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा ३ ख ५१३४ नम्बरको ट्याङकर प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाडौं चन्द्रागिरी नगरपालिका ३ का साइरस गिरीको ज्यान गएको हो। भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ। ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।




