ताजा समाचार

साउदीमा कार्यरत श्रमिकलाइ नेपाल सरकारले बढाएकाे पारिश्रमिक रोजगारदाताले दिएनन्

काठमाडाैं । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन् ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सीप अनुसारको मासिन पारिश्रमिक र खाना सूविधा सम्बन्धी निर्णय गरेको भएपनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन ।

साउदीस्थित नेपाली दूतावासले हालै सार्वजनिक गरेको २०७६र७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदनमा कतिपय रोजगारदाताले श्रमिकको सेवा सुविधा नेपाल सरकारले तोके अनुसार नदिएको जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *