देशका ठूला दैनिक पत्रपत्रिकाले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षको समिक्षा गर्दै समाचार लेखेका छन् । ‘सर्वोच्चले अख्तियारलाई भन्यो, नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?’ भनी नागरिक दैनिकले समाचार लेखेकेा छ । अन्य समाचारमा चीनमा रहेका नेपाली ल्याउन जहाज जादैँ गरेको र कोरोनाको कहरका विषयका समाचारहरु आजका दैनिक पत्रिकाले मुख पृष्ठमा प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले ओर्लंदो ओज’ शीर्षकमा मुख्य समाचार लेखेको छ । प्रधानमन्त्री ओलीको ओज पछिल्लो समय खस्कँदै गएको कान्तिपुर समाचारको सार छ । सरकार हाँकेको दुई वर्ष पुगिसक्यो, तर पनि पार्टीकै प्रभावशाली नेताहरु सरकारले गरेका कामको खुलेर प्रशंसा गर्दैनन् । स्थायी कमिटीका सदस्य नै भन्छन्, ‘बेचैनीमा रहनुभएका ओली कहिले डिनरको आयोजना गर्नुहुन्छ, कहिले सारंगी रेट्नुहुन्छ ।’ समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले प्रदेश २ सरकारको दुई वर्षे कार्यकालको लोखाजोखा गरेको छ । दुई वर्षमा प्रदेश सरकार यअलमलमै बितेको समाचार छ । नागरिक दैनिकले ‘सर्वोच्चले अख्तियारलाई भन्यो, नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा नागरिक लेखेको छ, सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।
अन्नपूर्ण पोस्ट्ले कोरोना भाइरसले विश्व अर्थतन्त्रमा परेको प्रभावबारे लेखाजोखा गरेको छ ।




