ताजा समाचार

प्रधानमन्त्री ओलीको सम्बोधन शनिवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम शनिवारलाई सारिएको छ । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएपछि प्रधानमन्त्रीको सम्बोधन शनिवार सारिएको हो । रष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले बैठक स्थगित भएको हो ।उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको हो।

प्रधानमन्त्री केपी शर्माले संसदलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यतालिका शनिबारका लागि सारिएको संसद सचिवालयले जनाएको छ।उपाध्यायको दुई वर्षे कार्यकाल सकिएको छ। यसअघि प्रधानमन्त्री लीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियो। सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

सरकारबाट सन्तुष्ट काम अपेक्षा गर्नेहरुको संख्या बढी देखिएका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका थिए । दुवै वर्षमा देश कायापलट हुने होइन। तर, चुनावअघि नेकपाले घोषणापत्रमा र सरकार गठनपपछि ओली सरकारले भाषणमा अपेक्षाका चाङ लगाइदिएको थियो। त्यही अपेक्षाको चाङभित्र सरकारका काम भयो कि भएन भन्ने वा समीक्षा गर्ने बेला भएकाले सरकारका तर्फबाट प्रधानमन्त्री सम्बोधन गर्न लागेका थिए । जनताले सरकारबाट मात्रै होइन, हरेकले एक व्यक्तिबाट पनि कम बोलेर धेरै कामबाट देखाओस् भन्ने अपेक्षा गर्छ। यी दुई वर्षमा सरकारले काम गरिरहेकै छ तर बोल्न पनि कम गरेको छैन। सरकारले दुई वर्षमा कति काम गरेको छ छैन भन्ने बेला आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको सम्बोधनलाई महत्वका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *