सिन्धुपाल्चोक।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले शिक्षा समाजको ज्योति भएको बताएका छन् । चामुनादेवी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै पूर्वमन्त्री बस्नेतले गुणस्तरिय, वैज्ञानिक,व्यवसायीक र व्यवहारिक शिक्षा आजको आवस्यकता भएको बताएका हुन ।
सुनकोशी गाउँपालिका वडा नम्बर ६ थुम्पाखरमा अवस्थित चामुनादेवी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बस्नेतले शैक्षिक गुणस्तर अभिवृद्धि गरेर जिल्लाकै नमुना विद्यालय बनाउन सुझाव समेत दिए ।

यसै गरी विद्यालयको भवन उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका सुनकोशी गाउँपालिकाका अध्यक्ष विनोद कुमार जीसीले सुनकोशी गाउँपालिकाले शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको बताए ।
भूकम्पपछि निर्माण गरिएको विद्यालयको ४ कोठे भवन ६० लाख लागतमा बनेको हो ।

वाड सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपकाजी लामाको अध्यक्षतामा भएको कार्यक्रममा वाड नम्बर ६ का वाड अध्यक्ष रामकुमार थापा, जिल्ला शिक्षा इकाई प्रमुख कृष्ण सुवेदी, तरुण दलका नेता प्रमोद लामा, शिक्षक, अभिभावक, विद्यार्थीलगायको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयलाई मोहन विक्रम कार्कीले ५० हजार आर्थिक सहयोग गरेको गरेका थिए । नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका मार्मिङका इकाई सभापति पासाङ नुर्वु लामाले रु ५५ हजार सहयोग गरेका थिए । यसै गरि मनकाजी लामाले रु ३० हजार, विकास योञ्जनले रु १० हजार, श्यामकुमार लामाले १० हजार विद्यालयलाई आर्थिक सहयोग गरेका थिए ।
भूकम्पमा चादनी योञ्जनले टिएलसी सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपकाजी लामाले बताए । विद्यालयका विद्यार्थीहरुलाई अध्यक्ष लामाले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई ड्रेस सहयोग गरेका थिए ।





