खेलकुद

काेपा डि फ्रेन्च कपः पीएसजीकाे आधा दर्जन गोल

एजेन्सी । लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पीएजीले दुई गोल आत्मघाती उपहार पाएको थियो । वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

केलियन एम्बाप्पेले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए । थिएगो सिल्भाले ५० औ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए ।

लगत्तै पाब्लो साराबियाले ५५ औ मिनेटमा पीएसजीका लागि चौथो गोल गरे । खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसंगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो । ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *