आज पत्रपत्रिकामा नवनियुक्त आइजी ठाकुर ज्ञावालीको चर्चा छ भने अमेरिकाले एमसीसी संधोधन अमान्य हुने बताएको खबर छापेको छ । त्यस्तै चीनबाट ल्याइन लागेका नेपालीहरूलाइ राख्ने तयारीबारे पनि सबै जसाे पत्रिकामा समाचार छ ।
नागरिक दैनिकले नवनियुक्त आइजी ठाकुर ज्ञावालीको चर्चा गरेकाे छ भने तीन दिनसम्म अवरुद्ध प्रतिनिधिसभा बैठक मंगलबारदेखि सुचारु भएको खबरलाइ पनि प्राथमिकता दिएकाे छ। ललिता निवास प्रकारणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्षपातपूर्ण ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेका कारण संसद बैठक बस्न सकेको थिएन । मंगलबारको बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक अंगमा सरकारको हस्तक्षेत्र हुन नदिन कांग्रेसले सदनबाट खबरदारी गरिरहने बताइन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा एमसीसी संशोधन अमेरिकालाई अमान्य शिर्षकमा समाचार छ । अमेरिकाले एमसिसी सम्झौता कार्यान्वयनमा गइसकेकोले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । एमसिसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकी मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरुलाक् अमेरिकाको धारणा प्रष्ट पारेका हुन् । कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए– ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन ।’ सत्तारुढ दल नेकपाभित्र एमसिसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठिरहेको बेला अमेरिकीको यस्तो चेतावनी आएको हो ।
कारोबार दैनिक– सहकारीे क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघकोले वैदेशिक अध्धयन र भ्रमण शीर्षकमा करोडों खर्च गरेको पाइउको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले ३ वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो ।




