काठमाडौं । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।आर्मीको जितमा भारत खवासले पाँचौ मिनेटमा पहिलो गोल गरे। यस्तै ५४ मिनेटमा विकास तामाङले र ७० मिनेटमा टेकबहादुर बुढाथोकीले थोल थपे।
यसै गरी आर्मीका खेलाडी भरत खवासले एु डिभिजन लिगमा ५० गोल पुरा गर्ने गरेका छन् । उनी एु डिभिजन लिगमा ५० गोल पुरा गर्ने सातौं खेलाडी बने । भरतले बिस २०६३ सालमा संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए ।
जितपछि शीर्ष स्थानमा फर्किएको आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ। दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ।
अब लिगको अन्तिम खेलमा आर्मी र मच्छिन्द्रबीच हुने खेलपछि च्याम्पियनको टुंगो लाग्नेछ। आर्मीलाई लिग जित्न बराबरी नै काफी छ भने मच्छिन्द्रलाई जितको खाँचो हुनेछ।आर्मी र मच्छिन्द्र मध्ये एकले उपाधि जित्ने भएसँगै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब २ खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ। २ खेलअघि मनाङको २२ अंक छ।




