आजका पत्रपत्रिकामा फरक फरक विषय समेटिएका छन् । कांग्रेस बैठकमा गच्छेदारलाइ लागाइएको भ्रष्टार मुद्धाबारे चर्चा भएको खबर सबै पत्रिकामा छ ।
आजको कान्त्पिुरमा कान्तिपुर दैनिक– गैर कानुनी रुपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी ९एफडीआई० ल्याएको भेट्टाएको हो । यो रकम हालको विनिमय दर अनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।
आजका पत्रपत्रिकामा फरक फरक विषय समेटिएका छन् । पूर्वसचिव पत्नी हत्या प्रकरण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । कांग्रेस बैठकमा गच्छेदारलाइ लागाइएको भ्रष्टाचार मुद्धाबारे चर्चा भएको खबर सबै पत्रिकामा छ ।
‘हत्यापछि आत्महत्या’ शीर्षक दिएर कान्तिपुरले पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घरेलु कामदारबाट भएको हत्याबारे मुख्य समाचार बनाएको छ । पूर्वसचिवको घरका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । घटनाको विवरण छापे पनि यसको कारणबारे भने कान्तिपुर समाचारमा उल्लेख छैन । त्यस्तै कान्तिपुर दैनिकमै गैर कानुनी रुपमा हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याएको भेट्टाएको हो । यो रकम हालको विनिमय दर अनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपैयाँ हुन आउँछ ।
आजको गोरखापत्रमा बोनस पाउने गरी मेलम्चीको काम तीव्र भएको खबर छ । यही क्रममा काम अगाडी बढे असारसम्ममा पानी आउने सम्भावना सम्भावना रहेको समाचारमा उल्लेख छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
कारोबार दैनिकमा नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेपाल आउने पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटा बोर्डका अनुसार सन् २०२० को जनवरी ७९ हजार ६ सय ८६ पयैटक नेपाल भित्रिएका छन् । गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा पर्यटक १६ प्रतिशतले घटेको हो ।
अन्नपूर्ण पोस्ट्ले पनि पूर्वसचिव पत्नी हत्याबारे मुख्य समाचार बनाएको छ भने लसुन आयातबारे पनि मुख्य समाचार छापेको छ । समाचार अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको लसुन आयात भएको छ ।
आजको गोरखापत्रमा बोनस पाउने गरी मेलम्चीको काम तीव्र भएको खबर छ । यही क्रममा काम अगाडी बढे असारसम्ममा पानी आउने सम्भावना सम्भावना रहेको समाचारमा उल्लेख छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
कारोबार दैनिक– नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेवाल आउने पष्र्यटकको संख्या घटेको छ । नेपाल पर्यटा बोर्डका अनुसार सन् २०२० को जनवरी ७९ हजार ६ सय ८६ पयैटक नेपाल भित्रिएका छन् । गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा पर्यटक १६ प्रतिशतले घटेको हो ।




