खेलकुद

शहीद स्मारक लिगः मछिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडाैं । मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा साेमबार भएको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दीपक राईले गोल गरे । सङ्कटाका लागि विदेशी खेलाडी मेसोउकेले सान्त्वना गोल गरे । पहिलो हाफमा मछिन्द्रले एउटा मात्र गोल गरेको थियो । उक्त गोल खेलको ४४औँ मिनेटमा देवेन्द्रले गरेका हुन् । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप दुई गोल ग¥यो । मछिन्द्रका लागि खेलको ६४औँ मिनेटमा विशालले फ्रिकिकमार्फत गोल गरेका हुन् । खेलको ८२औँ मिनेटमा दीपकले मछिन्द्रका लागि तेस्रो गोल गरे ।

खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि मसोउकीले गोल गर्नुभएको थियो । खेलको म्यान अफ दी म्याच मछिन्द्रका देवेन्द्र घोषित भए । जितसँगै मछिन्द्रले १२ खेलबाट २८ अङ्क जोडको छ । सङ्कटा १२ खेलमा १५ अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *