ताजा समाचार

सेनाको कठिन परीक्षा स्टाफ कलेजमा ३ महिलासहित ५७ जना उत्तीर्ण

काठमाडौं । नेपाली सेनाको स्टाफ कलेज पास गर्न निकै कठिन मानिन्छ । स्टाप कलेज पास नगरी गसल्म कमाण्ड गर्न नपाईने भएकाले पनि यसको परीक्षा अनिवार्य भएको छ । यसको परीक्षाको नतिजा प्रकाशित भएको छ । सेनाको सि.सं २७ कमाण्ड तथा स्टाफ तालिम प्रवेश परिक्षामा ५७ जना अधिकृतहरुको उर्तीण भएका छन् । परिक्षामा ३ सयभन्दा बढी परिक्षार्थीहरु सामेल भएका थिए ।

सेनाको स्टाफ तालिम प्रवेश परिक्षामा सहसेनानी भुमिराज ओझाले पहिलो नम्बरमा नाम निकालेका छन् । त्यसैगरी क्रमस सेनानी सुवर्ण खड्का, समिर श्रेष्ठ, सहसेनानी सुदिप कुमार विष्ट, मिलन केसी र सेनानी संजय देउजा उर्तिण भएका छन् । महिलातर्फ सेनानी सबिता खड्का,पुजा कार्की र अनिता कार्कीले स्टाफ कलेजमा उर्तिण भएकी छन् । यसअघि सेनानी सुलोचना पौडेलले स्टाफ कलेज परिक्षा उर्तिण गरेकी थिईन ।

सेनाले उपरथी शशि चन्द्र बहादुर सिंहको नेतृत्वमा बोर्ड गठन गरेको थियो । उक्त बोर्डको सदस्यहरुमा सहायकरथीहरु आनन्द अधिकारी, विज्ञानदेव पाण्डे,हिरालाल जोशी,सन्तोष बल्लभ पौडेल, प्रकाश देउजा, महासेनानीहरु दिपेशजंग शाह, सुन्दर कुमार पाण्डे र सदस्य सचिवमा महासेनानी नारायण बहादुर थापा रहेका थिए । स्टाफ कलेज पास गरेपछि उनीहरुलाई उच्च अधिकृतमा बढुवा हुन समेत बाटो खुल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *