काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछ । आज लिगको १२ औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।
तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स बिहान पौने ९ बजे भिड्नेछन् । भने दोस्रो खेलमा पुछारको टिम सरस्वती र च्यासल दिउँसो सवाँ १२ बजे भिड्नेछन् ।
त्यसै गरी लिगको उपाधि होडमा रहेको मछिन्द्रले संकटा क्लबसंग दिउँसो साढे ३ बज खेल्दैछ ।
रेलिगेशन जोनबाट बच्न संघर्षरत एपीएफलाई आजको खेल जित्नै पर्ने दबाबमा छ भने फ्रेन्ड्सलाई शीर्ष ६ को दौडमा कायम रहन एपीएफलाई हराउँनै पर्ने दबाब छ ।
यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछ । संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ ।
मछिन्द्र २५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । संकटा १५ अंक सहित तालिकाको सातौ स्थानमा छ ।




