काठमाडौं ।आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा फरक फरक विषयबस्तु समेटिएका छन् ।
देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त हत्या प्रकरण, ललिता निवास जग्गा प्रकरण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन् ।
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । भने भावी आईजीपीको सम्भावित अनुहारबारे पनि कान्तिपुरले चर्चा गरेको छ ।
कान्तिपुरका अनुसार ठाकुर ज्ञवाली, सुदूरपश्चिम तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय आईजीपीका दावेदार हुन् । आईजीपीका दाबेदार तीनै जना डीआईजी हुन् ।
त्यस्तै अन्नपूर्ण पोस्ट्मा चीनको वुहानबाट आफ्ना आफन्त फिर्ता ल्याउन अभिभावकहरुले दबाब दिएको बारे मुख्य खबर छ । भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत् बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ। योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशको बजारमा बिक्री गर्न (त्रिदेशीय विद्युत् व्यापार) को बाटो खुलेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
नागरिक दैनिकले द्धन्द्धकालको एउटा दर्दनाक घटनाबारे मुख्य सामाग्री पस्तुत गरेको छ भने सैलुङ समुहले अलकत्रा कारखाना गैरकानुनी भएको खबर छापेको छ।
नेपाल समाचारपत्रले चीनबाट फकाईन लागेका नेपालदी प्रति नेपालमै रहेका नेपालीहरुको असष्णिु अभिव्यक्तिबारे मुख्य समाचार तयार पारेको छ ।




